चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सियाओ जी काठमाडौंमा
काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल आएका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गएराति नेपाल भ्रमणमा आएका हुन् ।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगर लगायतसँग भेट गर्ने कार्यक्रम छ ।
उपसभामुख रानाले आज साँझ सियाओ जीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछिन् । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ।
प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार
















