कमल थापालार्इ ठूलाे धक्का, प्रकाशचन्द्र लाेहनीले छाडे राप्रपा



काठमाडाैं, फागुन २९

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् । लोहनीले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि दर्शाउदै पार्टीसँगको आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका छन्।

पार्टी एकतापछि चुनाव चिन्ह हलो राख्नुपर्ने अडान लिदै आएका डा. लोहनीले अाइतबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा भनेका छन्, ‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु ।’

लाेहनीले मन्त्रिपरिषद्मा सामेल हुँदा र पार्टीका तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकतर्फी निर्णय लिएको र सरकारद्वारा भएको ‘नांगो भ्रष्टाचार’लाई अनुमोदन गरेको सन्देश थापाको गतिविधिले दिएको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News