अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृत्यु



वाशिङटन डिसी । अमेरिकाको विभिन्न राज्यहरूमा भीषण आँधी चलेको छ ।

आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । तीमध्ये १८ जनाको ज्यान केन्टुकीमा आएको बवण्डरका कारण भएको बताइएको छ । मृतक संख्यामा अझै वृद्धि हुने आशंका गरिएको छ ।

सरकारी अधिकारीहरूका अनुसार आँधीका कारण मिसौरी, विस्कन्सिन, ग्रेट लेक्स क्षेत्र र टेक्साससहितका धेरै राज्य प्रभावित भएका छन् ।

आँधीका कारण राज्यका झण्डै दुई दर्जन सडकका केही भागहरू पूर्णरूपमा बन्द गरिएको छ । पाँच हजार घरहरूमा क्षति पुगेको बताइएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्