गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान



काठमाडौं । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि शुरू हुने भएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २।०० बजेदेखि शुरू हुने गरी प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २ बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुने गरी आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्