प्याराग्लाईडिङ पाइलटहरुमाथि प्रहरीको छड्को, एक पाइलट पक्राउ
पोखरा । पर्यटकीय राजधानी पोखराको साराङ्कोटस्थित प्याराग्लाईडिङ उडान भर्ने स्थानमा पुगेर कास्की प्रहरीले छाड्के जाँच गरेको छ ।
जिल्ला प्रहरी कर्यालयकास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीद्वारा पोखरा महानगरपालिका–१८ सराङ्कोटस्थित प्याराग्लाईडिङ उडान भर्ने स्थानमा प्याराग्लाईडिङ पाईलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन(लापसे) चेकजाँच गरेको हो ।
कास्की प्रहरीका अनुसार ३९ जना पाईलटहरुलाई मापसे र सोही मध्येका १५ जना पाइलटहरुलाई लापसे चेकजाँच गर्दा १ जना पाईलटले दुवै पदार्थ सेवन गरेको पाइएको हो ।
दुवै पदार्थ सेवन गरेको पाइएका पाइलटलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार
















