कास्कीमा भूकम्पको धक्का महसुस
कास्की । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार
















