सर्लाही जाँदै गरेको भ्यान त्रिभुवन राजपथमा दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं। मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएको छ ।
आज दिउँसो भीमफेदी गाउँपालिका–९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
प्रहरीको अनुसार भ्यानको ब्रेक फेल भएर दुर्घटना भएको हो ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार
















