मासु पकाउँदा तेल भनेर कराईमा डिजेल हालेपछि…



मकवानपुर । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका-८ कमानेको नमुना टोलस्थित देवान बाबुको घरमा बुधबार साँझ आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने वीरगन्जका सलाउदिन देवानकी छोरी १३ वर्षीया असिया खातुन घाइते भएकी हुन्।

सोही घरमा बस्ने भारतको मोतिहारी जिल्लाको आदामपुरग्राम कलबारी मझौलिया बस्ने २५ वर्षीया अफ्रिदा खातुन पनि घाइते भएकी छन्।

साँझ मासु पकाउँदा तेल भनेर झुक्किएर उनले तातो कराईमा डिजेल हालेपछि आगो लागेको थियो । घाइते दुवैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्