शव बोकेको एम्बुलेन्स दुर्घटना, दुईजना घाइते
काठमाडौं । रामेछाप जिल्लाको दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका–३ भिरपानीमा दुर्घटना भएको छ ।
दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ । आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं आउदै थियो।
प्र ३ –०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका( २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।
एम्बुलेन्समा एकजना प्रहरी जवान र चालकसहित ४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन्।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार
















