१९.०४ अंक बढ्यो नेप्से



काठमाडौं । शेयर कारोबारमा साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ ।

आजको शेयर कारोबारमा नेप्से १९.०४ अंकले बढेर २६८८.५५ अंकमा पुगेको हो ।

आज नेप्सेमा नौ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँको कारोबार हुँदा एक सय चार वटा कम्पनीको शेयर मूल्य बढ्यो भने एक सय ४२ वटा कम्पनीको शेयर मूल्य घट्यो ।

त्यस्तै आजको शेयर कारोबारमा एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको शेयर कारोबारमा बैंकिङ, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सुचकांकमा वृद्धि भएको छ भने अन्य सूचकांक घट्न पुगेको छ ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.६० प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.२३, फाइनान्स ०.४६, हाइड्रोपावर १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार ०.८१ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । एनआईसी एसिया बैंकको ७.८, फरवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आईएमई बैंकको ६.१२ तथा कुमारी बैंकको ६.०६ प्रतिशत मूल्य बढ्यो ।

बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, कुमारी बैंक, युनिभर्सल पावर र माउन्टेन इनर्जी रहे ।

आज नेप्सेमा भएको शेयर कारोबारमा ओम मेगाश्री फार्मेस्युटिकल्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आम्दानी गरे भने बाराही हाइड्रोपावर कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्