विद्यालय भवन निर्माण


 


रामपुर (पाल्पा), फागुन ३०

नवदुर्गा माध्यमिक विद्यालय रामपुर पाल्पाको चार कोठे पक्की भवन निर्माण गरिएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाको रु २४ लाख र विद्यालयको आन्तरिक स्रोत रु १५ लाख गरी रु ३९ लाख बराबरको लागतमा भवन निर्माण भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सहयोग पुगेको प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले बताउनुभयो ।

नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ । रासस

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्