एमालेबाट निर्वाचित बागमतीका वडाध्यहरूको भेला आजबाट, उद्घाटन गर्दै प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा एमालेका बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजबाट सुरू हुँदैछ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्ध्घाटन गर्ने कार्यक्रम तय भएको छ।

ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरू सहभागी हुने एमाले बागमती प्रदेश कमिटीले जानकारी दिएको छ।

भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी हुनेछन् । भेला आइतबार र सोमबार सञ्चालन हुनेछ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्