तीर्थ भट्टराई पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एउटा कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका गुरुङले आइतबार एमाले सचिवालय बैठकमा जाँदैगर्दा पत्रकारसँग उनले यस्तो बताएका हुन् ।
कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको उनले बताए ।
अध्यागमनमा अनियमितताकाबारेमा भईरहेको छानबिनलाई गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताउँदै उनले भने , ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, अनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ ?’
गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार
















