चैत ३ गतेभित्रै ७ सय ४४ वटा तहमा कर्मचारी खटाउन आयोगको निर्देशन



काठमाडौं, फागुन ३०

निर्वाचन आयोगले आगामी चैत ३ गतेभित्रै ७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि स्थानीय तहमा कर्मचारी आवश्यक पर्ने भन्दै चैत ३ गतेभित्र कार्यस्थलमै पुग्ने गरी कर्मचारी खटाउन निर्देशन दिएको हो ।

आयोगका पदाधिकारीहरुले आइतबार मुख्यसचिव सोमलाल सुवेदी, सामान्य प्रशासन सचिव मोहनकृष्ण सापकोटा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसँग छलफल गरी स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढाउन कर्मचारी आवश्यक भएकाले तत्काल खटाउन निर्देशन दिएका हुन् ।

आयोगले सामान्य र स्थानीय विकास मन्त्रालयलाई आपसमा समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन भनेको छ । आयोगले स्थानी तहको निर्वाचन अवधिभर चुनाव सम्पन्न गराउने काममा संलग्न हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा नखटाउनसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News