फाप्लु–काठमाडौं हप्तामा चार दिन उडान



सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाण्डौ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार दिन उडान गर्न थालेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमवार, बुधवार, शुक्रवार, र शनिवार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।

नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाण्डौ हवाई सेवा पुनः सञ्चालन भएको हो ।

जहाज मर्मत भएसँगै फेरि उडान सञ्चालन सम्भव भएको हो । यसअघि हप्ताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्