चितवन पुगेर प्रचण्डले भने – प्रतिपक्षले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्नुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले गहृमन्त्रीको राजिनामा माग्दै संसद अबरुद्ध गरे । विपक्षी दलको अवरोधका कारण आधा घण्टको लागि संसद बैठक नै स्थगित भएकोृ छ ।
यहि बेला चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गहृमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने बताएसँगै माओवादीको रणनीति संसद अवरुद्ध गर्ने नै रहेको बुझिएको छ ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा नआएसम्म संसद बैठक अवरुद्ध गर्ने माओवादीले बताइसकेको छ ।
आजको बैठकमा बोल्दै माओवादी सांसद वषमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको भन्दै गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने बताएका हुन् ।
रास्वपाको माग पनि माओवादीको जस्तै गहृमनत्रीको राजिनामा नै हो ।
उता, चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका हुन् ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार
















