टेलिकमका कर्मचारी चढेको जीप दुर्घटना,तीन जनाको मृत्यु
काठमाडौं । बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार फिल्ड गइरहेको जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा मृत्यु हुने नेपाल टेलिकमका कर्मचारी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जीप सडकबाट ८० मिटर तल खसेको थियो ।
मृतकको सनाखत हुन सकेको छैन भने प्रहरी घटनास्थलमा पुगेको छ। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार
















