आगलागीमा परेर एक महिलाको मृत्यु



काठमाडौं । लमजुङको सुन्दर बजार नगरपालिका– ९ मा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ ।

आगलागी हुँदा दोर्दी गाउँपालिका– १ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको हो ।

उनी सुन्दर बजारमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन।

आज बिहान करिब साढे ३ बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको घरको ढोका फोरेर उद्धार गरेका थिए ।

जलेर गम्भीर घाइते भएकी थापाको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्