सत्ता छाड्ने मिति नजिकिदै गर्दा प्रचण्ड चीन भ्रमणमा जाने


 


काठमाडौँ, फागुन ३०

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन जाने कार्यक्रम छ ।

चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । सम्मेलनमा विश्वका राष्ट्र एवम् सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ ।

प्रधानमन्त्रीको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीकै हैसियतमा उनकाे यो पहिलो चीन भ्रमण हुनेछ ।

प्रधानमन्त्री दाहालले गत वर्ष असोजमा ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा चिनियाँ राष्ट्रपति सि चीन फिङसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्