द्वन्द्वपीडितहरुले भने – दलीय भागबन्डाबाट चलेको आयोग खारेज गर्नुपर्छ
काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले ‘संसदीय समितिमा द्वन्द्वपीडितलाई आयोगमा राख्नु उचित नहुने’ भन्दै दिएको अभिब्यक्तिप्रति द्धन्द्ध पिडितहरुले आपत्ती जनाएका छन् ।
द्धन्द्ध पिडितहरुले आइतबार बिज्ञप्ती जारी गर्दै हालको आयोगलाई दलीय भागबन्डा, पहुँच र अपारदर्शी प्रक्रियाबाट बनाइएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको छ ।
‘द्वन्द्वपीडितहरूको अस्वाभाविक, धम्कीपूर्ण दबाब स्वीकार्न सकिन्न’ भन्ने अभिव्यक्ति दिएको भन्दै द्धन्द्ध पीडितहरुले आपत्ति जनाएका हुन् ।
थापाको अभिव्यक्ति ‘अहंकारी, असंवेदनशील र अपमानजनक’ भएको द्वन्द्वपीडितले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
आयोगको अध्यक्षको पदमा बसेको व्यक्तिले यस्तो धृष्टतापूर्ण वक्तव्य दिनु आफ्नो अधिकार क्षेत्रको स्पष्ट उल्लंन भएको द्धन्द्ध पिडितहरुले बताएका छन् ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार
















