अमेरिकामा दुई बालबालिकासहित चारजना नेपाली मृत फेला
काठमाडौं । अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।
भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका हुन् ।
ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् । मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार घटनापछि छिमेकीले मृतकहरू झन्डै छ महिना अघि त्यहाँ बसाइ सरेर पुगेका थिए । घटनाको अनुसन्धान चलिरहेको बताइएको छ ।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार
















