एमालेको सभा बिथोल्न पुगेका मोर्चा कार्यकर्तामाथि प्रहरीले गोली चलायो



काठमाण्डौ, चैत्र १

नेकपा एमालको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेपालगन्जमा हुन लागेको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। बाँके सदरमुकाम नेपालगन्जको बनना भन्ने ठाउँमा प्रहरीले गोली चलाएको छ।

प्रहरीमाथि ढुंगामुढा भएपछि दुई राउन्ड गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइफायर गर्नुपरेको बताए। ‘सुरुमा अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोज्यौं। त्यो सम्भव नभएपछि गोली चलाइएको हो।’

घटनापछि प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहानै खजुरानजिकै मोर्चा कार्यकर्ताले भे १ ख २०४२ नम्वरको बसमा पेट्रोल बम प्रहार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुखले अहिले स्थिति नियनत्रणमा आइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News