मिरा रार्इ अब डकुमेन्ट्रीमा (हेर्नुहोस् भिडियो)



भोजपुरको सानाेदुङ्मामा खान–लाउन पनि धौ–धौ पर्ने परिवारमा हुर्किएकी मिरा राई १५ बर्षकाे कलिलाे उमेरमै माअाेवादीकाे शसस्त्र यु्द्दमा हाेमिइन् । त्यही युद्धमा होमिएकी मीरा राई कालान्तरमा ‘अयोग्य लडाकु’ बनिन् ।

माओवादी शिविरमै रहँदा कराँते सिकाएका गुरूको सहयोगमा काठमाडौं आइपुगिन् । मिराले याे तीन वर्षको अन्तरमा यति ठूलो सफलता पाइन्, नेसनल जियोग्राफीले उनलाई सन् २०१७ को संसारकै साहसिक महिलाको उपाधी दियो ।

उनै ‘विश्व च्याम्पियन’ मीरा राईमाथि बनाइएको डकुमेन्ट्री युट्युबमा सार्वजनिक भएको छ। केही महिनाअघि काठमाडौंमा आयोजित ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव’ (किम्फ) मा यो डकुमेन्ट्री प्रदर्शन हुँदा दर्शकले टिकट नपाएर फर्कनुपरेको थियो।

यसै महोत्सवमा डकुमेन्ट्रीले दर्शकका तर्फबाट सबैभन्दा धेरै भोट पाउँदै ‘अडियन्स च्वाइस अवार्ड’ जितेको थियो । ४२ मिनेट लामो ‘नेपाली भर्सन’को डकुमेन्ट्रीलाई लोयड बेल्सरले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News