१० रुपैयाँ दरको नयाँ नोट आजदेखि प्रचलनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट सोमबारदेखि प्रचलनमा ल्याएको छ ।

मुद्रा व्यवस्थापन विभागद्वारा आज जारी गरिएको सूचनामा जनाइएअनुसार नयाँ नोट साविककै आकार र रङमा तयार गरिएको छ ।

नोटको बाँयातर्फ सगरमाथाको आकर्षक चित्र र दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको पानीछाप छापिएको छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। बैंकले नयाँ नोट पुरानै श्रेणीको कायम रहने भएकाले चलनचल्तीका पुराना नोटसँगै नयाँ नोट पनि प्रयोगमा ल्याउन सकिने जनाएको छ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्