प्रचण्डले भने- प्रतिपक्षीको हिसाबले हामी कमजोर छौं



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीको हिसाबले कमजोर भएको बताएका छन् ।

मंगलबार बिहान चितवनस्थित निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १७ दिनसम्म संसद अवरोध गरेको माओवादी केन्द्रले प्रमुख सत्तापक्ष दल नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै अवरोध खुलाउन राजी भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘प्रतिपक्षीको हिसाबले हामी कमजोर छौं । तर पनि हामीले संविधान, ऐन कानुन, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्