निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न सक्ने कांग्रेसको चेतावनी



काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका (राष्ट्रिय स्वतन्त्र पार्टी)रास्वपाका सांसदहरूलाई नेपाली कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै ध्यानाकर्षण गराएका हुन् ।

संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ नियमावलीमा गरिएको व्यवस्था हो भन्दै उनले प्रश्न गरे, ‘ यो संसद्‌मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?

भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने भन्दै उनले यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यले सभामुखले चेतावनी र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्