कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान बस्दै



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ ।

बुधबार बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि आगामी असार १५ गते बस्नेगरी बैठक तय भएको थियो । तर, बैठक भोलि नै बस्ने भएकाले आकस्मिक भनिएको मुख्यसचिव पौडेलले बताएका छन् ।

कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्ने र कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको छ ।

बैठकमा सहभागी हुनका लागि पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्