तरुण दलले बनाइदियो अस्थायी घर-टहरा


 


nepaltarundal

भोजपुर, असार ११

भुकम्पले क्षतिग्रस्त कुदाककाउले, खाटाम्मा र दोभानेमा तरुण दलले अस्थायी घर टहरा निर्माण गरिदिएको छ ।

तरुण दलले दोभानेमा ७, कुदाककाउलेमा ६ र खाटाम्मामा पाँच वटा घर निर्माण गरेको निर्माणमा संलग्न तरुण दलका पुर्व केन्द्रिय सचिव उत्तम कुमार चापाँगाइले बताए ।

वृद्ध, अशक्त, एकल महिलाको परिवालाई अस्थायी घर टहरा युवाहरुले निर्माण गरिदिएका हुन् । दुई बण्डल जस्तापाता राखेर अस्थायी घर टहरा तरुण दलले निर्माण गरेको हो ।

भुकम्पले क्षति पुगेको कुदाककाउले गाविसको सावित्रा उच्च मावि र जनोदय भुमिका प्राविमा युवाहरुले मर्मत संहार गरेका छन् ।

प्रकाशित मिति: ११ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्