हितराज पाण्डेले भने – सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने काम भयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको बताए ।
संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भए पनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए ।
उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार
















