संसदमा रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।

सभामुख घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्