संसदमा रास्वपाको नाराबाजी, सभामुखले अघि बढाए बैठक



प्रतिनिधिसभा बैठकमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेको छ।
रास्वपाले भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गरेको हो।
सभामुख देवराज घिमिरेले विनियोजन विधेयक अन्तर्गत छलफल अघि बढाए।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा रास्वपाले आजपनि नाराबाजी गरेको छ । भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गरेको हो ।

यद्यपि सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

उनले विनियोजन विधेयक अन्तरगत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनसम्बन्धी छलफल चलाएका हुन् ।

छलफलमा ८ जना सदस्यले बोल्न नाम टिकाएका छन् ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्