स्वर्णिम वाग्लेले भने – वैरागी विगत दस वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ, जिम्मेवारी लिन हुन्न



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शंकरदार बैरागीमाथि प्रश्न उठाएका छन् ।

आजको प्रतिनिधि सभामाको बैठकमा वाग्लेले वैरागीको नेतृत्वमा सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न बनाएको समितिमा नै प्रश्न उठाएका हुन् ।

विगत दश वर्षदेखि वैरागी स्थायी सत्ताको प्रिय पात्र भएको बताउँदै उनले भने, ‘सात वर्ष परराष्ट्रमा सचिव बन्नुभयो । तीन वर्ष मुख्यसचिव बन्नुभयो र रहस्यमय ढंगले मुख्युससचिवबाट बर्हिगमन हुनुहुन्छ । त्यो पिरियडमा दशौं करोड, अरबौंको टेलिकम माफियाद्धारा रचिएको घोटालाहरू भएका छन् ।’

वैरागी अहिलेका निगाहाप्राप्त नेताहरूको गुटबक्समा रहनुपर्ने स्वार्थको द्धन्द्धबाट जेलिएका पात्र भएकोले यो जिम्मेवारी लिननहुने उनको भनाई छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको पनि उनले बताए ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्