सेनाले बनाइदियो अस्थायी घर


 


भोजपुर, असार ११4
नेपाली सेनाको भोजपुरस्थित गोरखबहादुर गणले भुकम्पपीडितलाई अस्थायी घर टहर निर्माण गरिदिएको छ । सेनाले, अशक्त, असहाय, एकल परिवारका पीडितका लागि अस्थायी घर बनाइदिएको हो ।

सेनाले टक्सार, रानीबास, कुदाककाउले, खाटाम्मा, दोभाने लगायतका गाविसमा ३५ वटा अस्थायी घर टहरा निर्माण गरेको जनाएको छ । त्यस्तै १३ वटा जिर्ण भौतिक संरचना भत्काएको छ ।
बढी भुँइचालोे प्रभावित क्षेत्रमा सेनाको टोली पठाएको गणका गणपति राजाराम बस्नेतले बताए । स्थानीयस्तरबाट अस्थायी घर टहरा निर्माणका लागि माग भए निर्माणमा सहयोग गर्ने सेनाले जनाएको छ ।

भुकम्पबाट बढी प्रभावित कुदाककाउले, खाटाम्मा र दोभानेमा सेनाको टोली आठ दिन बसेर निर्माणमा जुटेको हो । सेनाले भुकम्पले क्षति पुगेका यहाँका विद्यालयमा समेत मर्मत संहार गरेको थियो । घर टहरा बनाउनका लागि स्थानीयले भौतिक निर्माणका सामाग्री उपलब्ध गराएका थिए ।

फोटो फिचर हेर्नुहोस्

प्रकाशित मिति: ११ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्