देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ : पर्यटनमन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्ने बताएका छन् ।
आज भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री पाण्डेले भक्तपरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवं युवा वर्गलाई योगमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

‘नेपालको युवा शक्तिलाई योगमा ल्याउनु आवश्यक छ। अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन्। योगको ज्ञान र ध्यानले पहिलो परिवार, समाज, देश र विश्वमै शान्ति स्थापना गर्न सकिन्छ। यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रत्येक व्यक्तिलाई योग आवश्यक छ। यो अभियान अब नेपालबाट सुरु हुन्छ,’ उनले भने।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्