सुनुवाई समितिले सिफारिस राजदुतविरुद्धको उजुरी लिपिवद्ध गर्दै


 


काठमाडौ, चैत्र ३
संसदीय सुनुवाई विषेश समितिले आज विभिन्न १२ मुलुकका लागि सिरफारिस भएका राजदुतविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु गर्दैछ । बिहान ११ बजेपछि सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकले प्राप्त उजुरीमाथि अध्ययन गर्दै उजुरीकर्तालाई बोलाउने समय तोक्ने तयारी भएको समिति सचिवालयले जनाएको छ ।

सिफारिस राजदुतमाथि उजुरी दिनका लागि निर्धारण गरिएको १० दिनको अवाधिभित्र प्राप्त पत्रलाई लिपिवद्ध गर्दै समितिले उपयुक्त उजुरीलाई अघि बढाण्नेछ । उजुरीकर्तासँगको छलफलपछि मात्रै समितिले प्रस्तावित सबै राजदुतको सुनुवाई मिति निर्धारण गर्ने जनाएको छ ।

मन्त्रीपरिषदले १४ जनाको नाम विभिन्न मुलुकका राजदुतका लागि सिरफरिस गरेको भएपनि विवादित छबीका भन्दै १२ जनाको मात्र सुनुवाई प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्