मोर्चा आवद्ध ६ दलले सभामुखलाई सरकारको समर्थन फिर्ताको औपचारिक पत्र दिँदै



काठमाडौ, चैत्र ३
आफूहरुको माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेशी मोर्चा आवद्ध दलले आज छुट्टा छुट्टै औपचारिक पत्र सभामुख ओनसरी घर्तीलाई बुझाउदैछन् ।

मधेशी मोर्चाको नाममा संयुक्त आन्दोलनमा रहेपनि संसदीय पहिचानका आधारमा मोर्चा आवद्ध विभिन्न दलले फरक फरक पत्र बुझाउने तयारी भएको नेताहरुले बताएका छन् ।

परिमार्जनसहित संविधान संशोधन र स्थानीय तह निर्वाचन घोषणा फिर्ता लिनका लागि दिएको एक साताको अल्टीमेटमभित्र सरकारले कुनै तत्परता नदेखाएको भन्दै मोर्चाले हिजो सरकारबाट बाहिरिएको औपचारिक घोषणा गरेको थियो ।

मोर्चा आवद्ध ६ दलले बिहान ११ बजेपछि सिंहदरबारमा संयुक्त रुपमा समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेको मोर्चा घटक राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । मोर्चाको एक घटक संघिय समाजवादी फोरम नेपालले भने हिजै सभामुख घर्तीलाई भेटी सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा औपचारिक पत्र दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News