एमालेले कैलाली र कञ्चनपुरमा सभा गर्दै



काठमाडौं, चैत्र ३
नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत बिहीबार कैलाली र कञ्चनपुरमा कार्यक्रम हुँदैछ । कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा सभाको तयारी भइरहेको एमालेले जनाएको छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

एमालेले बुधबार कैलालीको टीकापुर र बर्दियामा कार्यक्रम गरेको थियो । स्थानीय तहको चुनाव, संविधान कार्यान्वयन लगायत विषयमा जानकारी दिन एमालेले मेची महाकाली यात्रा गरिरहेको छ । शनिबार सुर्खेतमा सभा गरेर अभियान सक्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News