महिलाको अश्लील भिडियो बनाएको आरोपमा एकजना पक्राउ
काठमाडौं । महिलाको अश्लील फोटो भिडियो बनाएर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको खुलेको छ ।
थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार
















