९ अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो



काठमाडौं । साताको दोस्रो दिन आज नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा अडिएको छ। नेप्से बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ।

फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो र अन्य समूहमा आज गिरावट आउँदा बाँकी समूह बढेका छन् । सबैभन्दा धेरै वृद्धि उत्पादनमूलक उद्योगमा देखिएको छ ।

कारोबार रकमको आधारमा साहस ऊर्जा ३६ करोड ५३ लाख रुपैयाँ कारोबारसहित सबैभन्दा अघि रह्यो । त्यसैगरी, सानिमा माई हाइड्रोपावर, बुटवल पावर कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

सबैभन्दा बढी कमाउनेमा राप्ती हाइड्रो रह्यो । सो कम्पनीको जसको सेयर मूल्यमा ९.९७ प्रतिशतको सकारात्मक सर्किट लागेको थियो । त्यसैगरी, धौलागिरि लघुवित्त, विन नेपाल लघुवित्तका लगानीकर्ताले पनि क्रमशः ९.८० प्रतिशत र ९.१६ प्रतिशत कमाए।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्