१५ लाखको राइफल बोक्न थाले पधानमन्त्री पुत्र प्रकाश


 


काठमाण्डौ, चैत्र ४

लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन्। प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन्।

उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन्। उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ। हामीले यो खबर आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्