चक्कु प्रहार गरी ससुराको हत्या गरेर ज्वाइँ फरार



जनकपुरधाम । जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो ।

विमललाई उनकै ज्वाइँ बेचन महासेठले आज बिहान घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

बिमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका आफ्नै काका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।

ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइए पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार बेचनले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेका थिए ।

घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्