सुदूरपश्चिमपछि नागरिक उन्मुक्तिद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको प्रदेश सभा बैठकमा नाउपाले समर्थन फिर्ता लिएको बताएको हो ।

मधेस प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिलादेवी सिंह छिन् । उनले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे सदनलाई जानकारी गराएकी हुन् ।

मधेसमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री छन् । केही समयअघि जनमत र नाउपाबीच पार्टी एकीकरण प्रक्रिया अघि बढेको भएपनि अन्तिम समयमा रोकिएको थियो ।

जनमुक्तिले केही दिनअघि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्