त्रिशूली नदीमा फसेकाको उद्धार गर्दै
नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मङ्गलबार बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिँदै । काठ टिप्न जाने क्रममा फसेका स्थानीय ५६ वर्षीय पाल्देन तामाङ र उहाँको श्रीमती ५१ वर्षीया मङ्गली तामाङको नेपाली सेनाको हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेको हो । तस्बिर / रासस
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार
















