अछाममा जुवा खालबाट ६ जना पक्राउ, १८ हजार बरामद



अछाम । जिल्ला प्रहरी कार्यालय अछामले बान्नीगढी जयगढ गाउँपालिका–४ स्थित कैलाशखोलामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा शनिबार साँझ ७ः५० बजे खटिएको जिल्लाको प्रहरी टोलीले दिर्घ साउँदको पुरानो घर (छाना) मा छापा मार्दा कोठाभित्र जुवातास खेलिरहेका व्यक्तिहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बान्नीगढी जयगढ–४ तिमिल्सैनका खेमराज शर्मा, बान्नीगढी जयगढ–२ सल्याना मटेलाका गणेश बहादुर साउँद, मंगलसेन–९ ओलिगाउँ बस्ने छत्र बिक्रम रावल, बान्नीगढी जयगढ–४ कैलाशखोला बस्ने एकेन्द्र धामी, मंगलसेन–५ का तेजप्रसाद ढुंगाना र बान्नीगढी जयगढ–४ ढल्लेगाउँ बस्ने दिपेन्द्र शाह रहेका छन् ।

उनीहरुको साथबाट नगद १८ हजार ९५ रुपैयाँ र दुई गड्डी तास समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वरीप्रसाद भडारीले जानकारी दिए । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्