आइजीपी विवादबारे सर्वोच्चमा अन्तिम बहस हुँदै



काठमाण्डौ, चैत्र ६

नेपाल प्रहरीको महानिरीक्षक आइजिपी विवादबारे आज सर्वोच्चमा अन्तिम बहस हुने भएको छ । प्रधानन्याधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले आज यो मुद्दामा अन्तिम सुनुवाइ गर्दैछ । यो मुद्दा आज प्रधानन्यायाधीशसहित हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार भट्टराईले हेर्ने भएका छन ।

यसअघि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले यो रिटमाथिको सुनुवाई चैत ६ गतेलाई सारेको छ । ६ गते भने पूर्ण इजलासमा राख्ने आदेश गरेको उक्त इजलासले बढुवा गर्दाको मूल्याङन फाइल पनि पठाउन सरकारलाई आदेश गरेका हुन् । कार्की र केसीको सयुक्त इजलासले यसअघि फागुन १ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेश निरन्तरता दिए डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा सिफारिस गर्ने निर्णय रोकिनेछ ।

आदेश खारेज भए सरकारलाई चन्दको सिफारिस कार्यान्वयन गर्ने कानुनी बाटो खुल्नेछ । सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीपी बढुवाका लागि सिफारिस गरेको थियो । आइजीपी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो । सरकारले डिआइजी चन्दलाई आइजिपीमा बढुवा गरेपछि त्यसविरुद्ध आइजिपीका दाबेदार सिलवाल र नियुक्ति अघि र पछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए । रिटमाथिको पहिलो सुनुवाइमा प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले चन्दलाई गरेको बढुवा यथास्थानमा राख्न आदेश दिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News