एनआईसी एशिया बैंक र ईस्टपबीच सम्झौता, ग्राहकलाई विभिन्न ठाउँमा छुट



काठमाडौँ ३० असार । एनआईसी एशिया बैंक र ईस्टप नेपालबीच बैंकका ग्राहक विभिन्न ठाउँमा छुट उपलब्ध गाराउने सम्झौता भएको छ ।
यस सम्झौतापछि बैंकका ग्राहकले ईस्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने जष्नजृको छ ।
ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन् । दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ईस्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्धनमा टेवा पुग्ने बैंकको विस्वास छ ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्