मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध
मकवानपुर । मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिका–८, भर्यातङडाँडामा सडक अवरुद्ध भएको हो ।
मंगलबार राति करिब सवा १० बजे उक्त स्थानस्थित सडकमा पहिरो खसेको थियो । पहिरोका कारण त्यहाँ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार
















