धरहरा अब राति ८ बजेसम्म खुल्ने
काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दैनिक १२ घण्टा खुला हुने भएको छ ।
सहरी विकास मन्त्रालयका अनुसार साउन १ गतेदेखि धरहरा सार्वजनिक बिदाको दिनमा पनि खुला गर्ने निर्णय गरिएको हो ।
असार मसान्तसम्म धरहरा कार्यालय सञ्चालन समय बिहान १० बजेदेखि बेलुका साढे ४ बजेसम्म हुनेछ।
सार्वजनिक बिदाको दिनमा धरहरा बन्द हुने गरेको थियो। शनिबारको सट्टा बुधबार बन्द हुने गरेको धरहरा अब उक्त दिन पनि बन्द नहुने भएको छ।
सार्वजनिक बिदाको दिनमा र बेलुकाको समयमा धरहरा खुला राख्दा धरहरा चढ्न आउनेको संख्या बढ्ने अनुमान मन्त्रालयले गरेको छ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार
















