एनसेलले निशुल्क टुइटर र विकिपिडिया सेवा बन्द गर्ने


 


काठमाण्डौ, चैत्र ७

दूर संचार प्रदायक संस्था एनसेलले उपलब्ध गराउँदै आएको निशुल्क टुइटर र विकिपिडिया   सेवा बन्द गर्ने भएको छ । आउँदो चैत १२ गतेदेखि टुइटर र विकिपिडिया बन्द गरिने एनसेलले सूचना निकालेर जनाएको छ । एनसलेलले डेटाको प्रयोग नगरी निशुल्क रुपमा टुइटर र विकिपीडिया चलाउन सक्ने व्यवस्था मिलाएको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्