अमेरिकामा सांसद ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
काठमाडौं । राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित भएका छन् ।
अमेरिकाको न्युयोर्कमा आयोजित समारोहमा उनलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित गरिएको हो ।
सम्मानित भएपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन् ।
‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश(विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरे ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार
















